गृहपृष्ठ Featured शेरबहादुर र आरजु अझै एक साता अस्पतालमै रहने : दुवैको गर्धनमा चोट

शेरबहादुर र आरजु अझै एक साता अस्पतालमै रहने : दुवैको गर्धनमा चोट

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नीसमेत रहेकी तत्कालीन परराष्ट्र मन्त्री आरजु राणामाथि घरभित्रै पसेर भदौ २४ गते प्रदर्शनकारीहरूले कुटपिट गरे।

बूढानीलकण्ठस्थित घरभित्रै पसेर प्रदर्शनकारीहरू सभापति देउवा र आरजुमाथि जाइलागेका थिए।

प्रदर्शनकारीहरूले सभापति देउवा दम्पतीमाथि कुटपिट र लछारपछार गरेको भिडिओ सामाजिक सञ्जाल टिकटक र फेसबुकमा देख्न सकिन्छ।

भिडिओहरूमा देखिएअनुसार प्रदर्शनकारीहरू सभापति देउवाको घरभित्र छिरेर सभापति देउवा र आरजु रहेको कोठामै पुग्छन्।

प्रदर्शनकारीलाई सभापति देउवा र आरजुको सुरक्षामा खटिएका सुरक्षाकर्मी तथा देउवाका स्वकीय सचिवसमेत रहेका भतिजा भानु देउवाले आक्रमण नगर्न अनुनयविनय गर्छन्, तैपनि प्रदर्शनकारीहरूले देउवा दम्पतीलाई लछारपछार गर्दै आँगनमा पुर्‍याउँछन् र थप कुटपिट गरेको देखिन्छ।

तत्कालीन परराष्ट्र मन्त्री आरजुमाथि एक युवाले पछाडिबाट लात्तीले हानेको भिडिओसमेत सामाजिक सञ्जालमा देखिन्छ भने आरजु सम्हालिन नसकेर भुइँमा लडेकी थिइन्। त्यसबेला केही प्रदर्शनकारीहरूले भने देउवा दम्पतीलाई सहयोगसमेत गरेका थिए।

सम्बन्धित् समाचार