गृहपृष्ठ खबर विदेशी जेलमा ११७१ नेपाली

विदेशी जेलमा ११७१ नेपाली

काठमाडौँ । विदेशी जेलमा एक हजार भन्दा बढी नेपाली रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

केही समयअघि सांसदको प्रश्नमा परराष्ट्र मन्त्रालयले दिएको जवाफ हालै संघीय संसद् सचिवालयले प्रकाशन गरेको छ । जसमा १ हजार १७१ नेपाली विदेशी जेलमा रहेको उल्लेख छ । यसमध्ये ७ जनालाई आजीवन कारावासको सजाय सुनाइएको छ ।

बाँकी जानकारी मन्त्रालयले उपलब्ध गराएको छैन । जेलमा रहेकामध्ये कुन देशमा कति जना र के कस्ता मुद्दामा आरोपित छन् भन्ने पनि खुलाइएको छैन ।

सम्बन्धित् समाचार