नेपाल क्रिकेट संघ (क्यान)ले सीडब्ल्यूसी लिग-२ को एकदीवसीय सिरिजका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ।
क्यानले शनिबार रोहित पौडेलको कप्तानीमा टोली घोषणा गरेको हो। टोलीमा अनिल साह र भीम सार्की समेटिएका छन्।
त्यस्तै हालै टी-२० विश्वकप छनोट टिममा रहेका सन्दिप जोरा, लोकेश बम र आदिल आलम भने यो सिरिजका लागि परेका छैनन्।
नेपालले लिग-२ का लागि यूएईमा यूएई र अमेरिकाविरुद्ध खेल खेल्दै छ।
नेपालको खेल अक्टोबर २६ बाट सुरु हुने छ। लिग–२ अन्तर्गतको सिरिजमा तीनवटै टोलीले ४/४ वटा खेल खेल्ने छन्।