गृहपृष्ठ Featured बटमलाइन पूरा नभई हामी चुनावमा जान तयार छैनौँ : मिराज ढुंगाना

बटमलाइन पूरा नभई हामी चुनावमा जान तयार छैनौँ : मिराज ढुंगाना

काठमाडौँ – जेन–जी अभियान्ता मिराज ढुंगानाले आफूहरूको बटमलाइन पूरा नभई चुनावमा नजाने बताएका छन्।

शनिबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले प्रत्यक्ष निर्वाचित कार्यकारी हुनुपर्ने, विदेशमा रहेका नेपालीलाई निर्वाचनमा सहभागी गराउनुपर्ने र भ्रष्टाचारको अनुसन्धानका लागि नागरिक स्तरको छानबिन समिति बन्नुपर्ने आफूहरूको बटमलाइन भएको बताएका हुन्।

बटमलाइन पूरा नभएसम्म आफूहरू चुनावमा जान तयार नभएको उनको भनाइ छ। उनले भने,’बटमलाइन पूरा नभई हामी चुनावमा जान तयार छैनौँ। प्रत्यक्ष निर्वाचित कार्यकारीको मुद्दा भनेको हाम्रो बटमलाइन हो। जुनलाई सुन्नै पर्छ। यो बिना कतै पनि जानेवाला छैनौँ।’

यस्तै, उनले विदेशमा रहेका ८० लाख नेपालीलाई बाहिर राखेर चुनाव हुन नसक्ने बताए। विदेशमा रहेका नेपालीले पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्र धानेको भन्दै उनीहरूलाई मतदानमा सहभागी गराउनै पर्ने उनले बताए।

उनले भने,’तीन करोडमा ८० लाख छुटाएपछि अनि हुन्छ? देश कुनतिर जान्छ भन्ने उहाँहरूले भन्न पाउनु हुँदैन? देशको मेन इनकम सोर्स भनेकै रेमिट्यान्स भाको छ। रगत पसिना बगाएर देशको अर्थतन्त्रमा यत्रो कन्ट्रिव्यूसन गर्ने पपुलेसनलाई छोड्न मिल्छ? यो पनि बटमलाइन हो। यो नभइकन चुनावमा जानेवाला छैनौँ।’

यस्तै, भ्रष्टाचारको छानबिनका लागि नागरिक स्तरमा छानबिन समिति बन्नुपर्ने पनि आफूहरूको बटमलाइन भएको उनले बताए।

उनले पार्टी खोल्नुको उद्देश्य चुनावमा जानु मात्रै नभएको बताए। ‘हामीले पोलिटिकल पार्टी खोल्नुको अर्थ हामी इलेक्सनमा जाने भनेर कदापी होइन। भीड भएर देश विकास हुँदैन। आधिकारिक त हामी हुनुपर्‍यो। कि त मैले एनजिओ खोल्नुपर्‍यो देश विकासका लागि कि त मैले पोलिटिकल पार्टी खोल्नुपर्‍यो।’

सम्बन्धित् समाचार