गृहपृष्ठ Featured एनपिएल : चितवनलाई हराउँदै लुम्बिनीको सुखद सुरुवात

एनपिएल : चितवनलाई हराउँदै लुम्बिनीको सुखद सुरुवात

काठमाडौँ ।

नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको छ। बिहीबार भएको खेलमा लुम्बिनीले चितवन राइनोसलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो। उसका लागि रवि वोपराले सर्वाधिक ६६ रन बनाउँदा देव खनालले १४ रन बनाए।

त्यस्तै, कुशल मल्लले २१ रन र साइफ जाइबले १५ रन बनाएका थिए। लुम्बिनीका लागि रुवेन ट्रम्पलमेनले ३ विकेट लिँदा अभिषेश गौतमले २ र गुल्बदिन नाइबले २ विकेट लिए।

१ सय ४३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले उक्ट लक्ष्य १८.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो। लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ३९ रन बनाउँदा गुल्बदिन नाइबले ४४ रनको अविजित इनिङ्स खेले।

त्यस्तै, सन्दीप जोराले २८ रन बनाउँदा ड’यार्सी सर्टले ११ रन बनाए। त्यस्तै, दिलिप नाथले १० रन बनाएका थिए। चितवनको भने यो दोस्रो खेल हो। यसअघि चितवनले कर्णालीलाई पराजित गरेको थियो।

सम्बन्धित् समाचार