गृहपृष्ठ Featured सुदूरपश्चिमको लगातार दोस्रो जित : पोखराको अर्को हार

सुदूरपश्चिमको लगातार दोस्रो जित : पोखराको अर्को हार

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित दर्ज गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार साँझ भएको खेलमा सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई १८ रनले पराजित गरेको हो। सुदूरपश्चिमले दिएको १९४ रनको लक्ष्य पछ्याउने क्रममा पोखराले आठ विकेटको क्षतिमा १७५ रन बनायो।

पोखराले लगातार दोस्रो हार व्यहोरेको दिन सुदूरपश्चिमले भने एनपीएलमा लगातार दोस्रो जित दर्ता गरेको हो। यो जितसँगै चार अंक बनाएको सुदूरपश्चिम अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ। पोखरा भने अंक तालिकाको पुछारमा झरेको छ।

 

सम्बन्धित् समाचार