गृहपृष्ठ Featured आज कर्णाली र लुम्बिनी तथा काठमाण्डु र विराटनगर खेल्दै

आज कर्णाली र लुम्बिनी तथा काठमाण्डु र विराटनगर खेल्दै

काठमाण्डाै – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज शनिवार दुई वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा बिहान सवा ११ बजे कर्णाली याक्स र लुम्बिनी लायन्स तथा दोस्रो खेलमा दिउँसो साढे तीन बजे काठमाण्डु गोर्खाज र विराटनगर किंग्सबीच खेल हुँदैछ ।

कर्णाली र लुम्बिनीले आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् । कर्णाली आफ्नो पहिलो खेलमा चितवन राइनोजसँग ४ विकेटले पराजित भएको थियो भने लुम्बिनीले चितवनलाई ६ विकेटले हराएको थियो । त्यस्तै काठमाण्डुले आज तेस्रो खेल खेल्दैछ ।

उद्घाटन खेलमा काठमाण्डुले साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले हराएको थियो । अर्को खेलमा सुदूरपश्चिमसँग पराजित भएको थियो । त्यस्तै विराटनगरको आज दोस्रो खेल हो । आफ्नो पहिलो खेलमा विराटनगरले पोखरालाई हराएको थियो ।

दोस्रो संस्करणको एनपीएल क्रिकेटमा सुदूरपश्चिम, पोखरा, विराटनगर, काठमान्डु, लुम्बिनी, चितवन, जनकपुर र कर्णाली गरी ८ वटा टोली सहभागी छन् । गएको मङ्सिर १ गतेदेखि शुरू भएको प्रतियोगिता यही २७ गतेसम्म चल्नेछ ।

सम्बन्धित् समाचार