गृहपृष्ठ Featured भारतसँगको विद्युत् खरिद सम्झौताबाट १ अर्ब २० करोड रुपैयाँ फाइदा भयो : मन्त्री घिसिङ

भारतसँगको विद्युत् खरिद सम्झौताबाट १ अर्ब २० करोड रुपैयाँ फाइदा भयो : मन्त्री घिसिङ

काठमाण्डाै – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले भारतको पीटीसी कम्पनीसँग विद्युत् खरिद सम्झौता गरेर सरकारले १ अर्ब २० करोड रुपैयाँ बराबर मुनाफा गरेको दाबी गर्नुभएको छ ।

सङ्घीय संसद् राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री घिसिङले विद्युत् खरिद सम्झौता गरेर सरकारले गैरकानूनी ढङ्गले ४३ करोड गुमाएको र यसमा ठूलै आर्थिक चलखेल भएको भन्ने आरोप सत्य नभएको जीकिरसमेत गर्नुभयो ।

पीईसीको ८ रुपैयाँ १० पैसाको दरभन्दा अहिलेको ६ रुपैयाँ ९५ पैसाको दरले झन्डै १ अर्ब २० करोड मुनाफा दिएको उल्लेख गर्दै उहाँले त्यसलाई क्षतिका रूपमा लिन नसकिने बताउनुभयो ।

सरकारले तत्काल सम्झौता गरेर विद्युत् खरिद नगरेको भए देशमा लोडशेडिङ गर्नुपर्ने अवस्था आउने मन्त्री घिसिङको भनाइ छ ।

सम्बन्धित् समाचार