गृहपृष्ठ अन्तरास्ट्रिय खबर अमेरिकामा शक्तिशाली भूकम्प

अमेरिकामा शक्तिशाली भूकम्प

शनिबार राति अमेरिकाको अलास्का र क्यानडाको युकोन क्षेत्रको सिमानामा शक्तिशाली भूकम्प गएको छ।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्प ७.० म्याग्निच्युडको थियो।

भूकम्पको केन्द्रबिन्दु अलास्काको जुनाउबाट लगभग ३७० किलोमिटर उत्तरपश्चिममा र युकोनको ह्वाइटहर्सबाट लगभग २५० किलोमिटर पश्चिममा थियो।

अमेरिकी अधिकारीहरूले भूकम्पपछि दुई परकम्प पनि गएको बताएका छन्।

सम्बन्धित् समाचार