इन्डोनेसियामा बाढी र पहिरोका कारण कम्तीमा ९०० जनाको मृत्यु भएको पुष्टि भएको छ।
इन्डोनेसियाका उद्धार टोलीहरूले विनाशकारी बाढी र पहिरोबाट प्रभावित हजारौँ मानिसलाई मद्दत गरिरहेका छन्।
एक हप्ताभन्दा बढी समयदेखि भारी मनसुनी वर्षाका कारण इन्डोनेसियाका धेरै क्षेत्र नराम्ररी प्रभावित भएका छन्।
बीबीसीका अनुसार सयौँ मानिस अझै बेपत्ता छन् र तिनीहरूका शव हिलोमुनि पुरिएका छन्।
इन्डोनेसियाको विपद् व्यवस्थापन निकायले अनिकालको जोखिमबारे पनि चिन्ता व्यक्त गरेको छ। दुर्गम गाउँहरूमा पुग्न गाह्रो छ। केही गाउँ पूर्ण रूपमा बगाएको बताइएको छ।
श्रीलंका र थाइल्यान्ड पनि यतिबेला बाढीको गम्भीर चपेटामा छन्।








