गृहपृष्ठ Featured एमालेको निर्वाचन तालिका सार्वजनिक : पुस १ मा मतदान

एमालेको निर्वाचन तालिका सार्वजनिक : पुस १ मा मतदान

काठमाडौं ।

नेकपा (एमाले)को नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका प्रकाशन गरिएको छ । आइतबार साँझ निर्वाचन तालिका प्रकाशन गरिएको हो । निर्वाचन कार्यतालिकाअनुसार आइतबार (मंसिर २८) बेलुका ७ बजे मतदाता नामावली प्रकाशन हुनेछ ।

सोमबार बिहान ८ बजेदेखि ९ बजेसम्म मतदाता नामावलीउपर दाबी विरोध र सुधारको सूचना प्रकाशन गर्ने, १० बजे दाबी विरोधउपचार छानबिन र निर्णय गर्ने कार्यतालिका छ । १०:१५ बजे अन्तिम नामावली प्रकाशन गर्ने, ९ बजेदेखि १२ बजेसम्म उमेदवारको दर्खास्त फाराम वितरण गर्ने कार्यतालिका रहेको छ ।

बिहान १०:३० बजेदेखि १:३० बजेसम्म उमेदवारको दर्खास्त फाराम दर्ता गर्ने, दिउँसो २:३० बजे उमेदवारको प्रारम्भिक नामावली प्रकाशन गर्ने, दिउँसो २:३० बजेदेखि ३:३० बजेसम्म उमेदवारको विरोधमा उजुरी दिने कार्यतालिका छ ।

दिउँसो ३:१० बजे उजुरीउपर छानबिन र निर्णय गर्ने, दिउँसो ३:१० बजेदेखि ५ बजेसम्म उमेदवारको नाम फिर्ता गर्ने र बेलुका ६ बजे उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।

निर्वाचन कार्यतालिकाअनुसार, आगामी पुस १ गते ११ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्ने रहेको छ । मतदानपश्चात् मतगणना हुनेछ भने निर्वाचन समितिले तोकेअनुसार निर्वाचन परिणाम घोषणा हुनेछ । यसपछि प्रमाणपत्र वितरण र शपथ ग्रहण हुने तय गरिएको छ ।

यस्तो छ तालिका

1-1765716673.jpg

सम्बन्धित् समाचार