गृहपृष्ठ खबर जसपा नेपाल र लोसपाबीच पार्टी एकीकरण गर्ने सहमति

जसपा नेपाल र लोसपाबीच पार्टी एकीकरण गर्ने सहमति

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच पार्टी एकता गर्ने सहमति भएको छ।

आइतबार जसपा अध्यक्ष यादव र लोसपा अध्यक्ष ठाकुरले एकीकरणसम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेका छन्।

‘दुवै पार्टीका पदाधिकारीहरुको काठमाडौंमा बसेको संयुक्त बैठकले देशको वर्तमान राजनीतिक परिस्थितिको मूल्याङ्कन तथा विश्लेषण गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालिलाई संस्थागत गर्दै संघीयता, पहिचान, समानुपातिक समावेशिता, समाजिक न्याय लगायतको अग्रगामी परिवर्तनका मुद्दाहरुलाई मजबुत गर्दै न्यायपूर्ण समाज निर्माण गर्ने आवश्यकतालाई आत्मसात गरी पार्टी एकीकरण गर्ने निर्णय गरिएको’ सहमति पत्रमा उल्लेख छ।

सम्बन्धित् समाचार