गृहपृष्ठ Featured नेपाली कांग्रेसको समानुपातिक बन्दसुचीमा कपिलवस्तुबाट गैरे र मियाको नाम समावेश

नेपाली कांग्रेसको समानुपातिक बन्दसुचीमा कपिलवस्तुबाट गैरे र मियाको नाम समावेश

वैखरी अनलाइन, कपिलवस्तु ।
नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सांसदको बन्द सूचीमा कपिलवस्तुका दुई जनाको नाम समावेश गरेको छ । नेपाली कांग्रेसले कपिलवस्तुको बाणगंगाकी बिमला गैरे र कृष्णनगरका अकिल मियाँको नाम समानुपातिकको बन्दसुचीमा राखेको हो ।

 

महाधिवेशन प्रतिनिधि समेत रहेकी बिमला गैरे एक क्षमतावान तथा प्रभावशाली महिला नेतृका रुपमा परिचित रहेकी छिन । दशकौदेखि नेपाली कागं्रेसको सक्रिय राजनितिमा रहेकी गैरे समानुपातिकको बन्दसुचीमा परेपछि कांग्रेस कपिलवस्तुमा उत्साह छाएको छ ।

 

त्यस्तै तरुण दलका केन्द्रीय सदस्य तथा क्षेत्रीय सभापतिको जिम्मेवारी सम्हालेका अकिल मियाँ संगठन निर्माण, चुनावी व्यवस्थापन र स्थानीय आन्दोलनमा सक्रिय रहे पनि अहिलेसम्म प्रत्यक्ष राज्यसत्ताको केन्द्रमा पुगेका थिएनन्।

यही कारण उनको समानुपातिक प्रवेशलाई ‘संघर्षबाट संसदसम्म’को राजनीतिक यात्रा समेत मानिएको छ।

सम्बन्धित् समाचार