गृहपृष्ठ Featured स्विट्जरल्यान्डको एउटा बारमा आगलागी हुँदा ४० जनाको ज्यान गयो

स्विट्जरल्यान्डको एउटा बारमा आगलागी हुँदा ४० जनाको ज्यान गयो

स्विट्जरल्यान्डको दक्षिणी क्षेत्रमा रहेको चर्चित स्की रिसोर्ट क्रान्स–मोन्टानामा भएको आगलागीमा ४० जनाको ज्यान गएको छ । एक सय १५ जना भन्दा धेरै घाइते भएका र धेरैको अवस्था गम्भीर रहेको बीबीसीले जनाएको छ ।

आगो निभाउन १३ वटा हेलिकप्टर, ४२ एम्बुलेन्स र झन्डै एक सय ५० आपतकालीन उद्धारकर्मी परिचालन गरिएको थियो । धेरैजसो घाइतेहरू गम्भीर जलन र विषालु धुवाँ सासमा गएर आन्तरिक जलनको समस्यामा परेका छन् ।

डाक्टरहरुका अनुसार केही बिरामीको अवस्था अत्यन्त नाजुक छ र उनीहरूलाई सघन उपचार कक्षमा राखिएको छ । बारमा आगलागी हुँदा त्यहाँ कति मानिस थिए भन्ने यकिन भइसकेको छैन । नयाँ वर्षको पार्टी भएकाले युवाको संख्या धेरै रहेको अधिकारीहरूले बताएका छन् ।

पीडितहरू विभिन्न देशका नागरिक भएको र मृतकको पहिचान गर्न समय लाग्ने जनाइएको छ । स्विट्जरल्यान्डका राष्ट्रपति गाइ पार्मेलिनले यस घटनालाई देशले भोगेको सबैभन्दा दर्दनाक त्रासदीमध्ये एक भन्नु भएको खबरमा उल्लेख छ ।

सम्बन्धित् समाचार