गृहपृष्ठ Featured नर्वे शतप्रतिशत विद्युतीय कार बिक्री गर्ने लक्ष्यको नजिक

नर्वे शतप्रतिशत विद्युतीय कार बिक्री गर्ने लक्ष्यको नजिक

नर्वे सन् २०२५ मा उत्सर्जनरहित कारहरू शतप्रतिशत बेच्ने आफ्नो लक्ष्यको नजिक पुगेको छ । उसले बितेको वर्ष सन् २०२५ मा देशभित्र बिक्री भएका विद्युतीय गाडीको सङ्ख्यामा ९५ दशमलव ९ प्रतिशत हिस्सा ओगटेको तथ्याङ्क छ ।

नर्वेले सन् २०२५ मा शून्य–उत्सर्जन गाडीहरु मात्रै बेच्ने गैर–बाध्यकारी लक्ष्य राखेको थियो । एक वर्षको अवधिमा एक लाख ७९ हजार ५ सय ४९ व्यक्तिगत गाडी दर्ता भएका र यो अघिल्लो उच्च रेकर्ड सन् २०२१ को भन्दा धेरै हो । ‘नर्वेजियन रोड फेडरेशन (ओएफभी)’ का अनुसार भ्याट करको परिवर्तनले यस वर्षको शुरूआती महिना जनवरीमा धेरै मानिसलाई नयाँ विद्युतीय गाडी किन्न प्रेरित गर्ने अपेक्षा गरिएको समाचार संस्था एएफपीले उल्लेख गरेको छ ।

मानिसहरुले वर्षको अन्त्य र शुरूआतमा गाडी किन्ने गरेका छन् । टेस्लाले नर्वेली बजारमा आफ्नो हिस्सा कूल दर्ताको १९ दशमलव १ प्रतिशत ओगट्दा चिनियाँ कार निर्माताहरूले पनि नर्वेको बजारमा आफ्नो हिस्सा थप बढाएका छन् । सन् २०२४ मा १० दशमलव ४ प्रतिशत बिक्री रहेको चिनियाँ कारको हिस्सा नर्वेमा सन् २०२५ मा बढेर १३ दशमलव ७ प्रतिशत पुगेको छ ।

सम्बन्धित् समाचार