गृहपृष्ठ Featured कपिलवस्तुमा जेन्जी आन्दोलनको मौका छोपी फरार प्रतिवादी पक्राउ

कपिलवस्तुमा जेन्जी आन्दोलनको मौका छोपी फरार प्रतिवादी पक्राउ

वैखरी अनलाईन, बाागंगा।

जेन्जी आन्दोलनका क्रममा जेलबाट भागेर लामो समयदेखि फरार रहेका एक जना प्रतिवादीलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले बालविवाह मुद्दामा कपिलवस्तु जिल्ला अदालतबाट दुई वर्षभन्दा बढी कैद सजाय तोकिएका फरार प्रतिवादीलाई शुक्रबार पक्राउ गरेको हो । पक्राउ पर्ने व्यक्ति कपिलवस्तु नगरपालिका–४ निवासी सुरेश कोहार रहेका छन् ।

प्रहरीका अनुसार भाद्र २४ गते जेन्जी आन्दोलनका क्रममा जेलबाट भागेका र हालसम्म फरार रहेका कैदी तथा प्रतिवादीहरूको खोजी कार्यलाई तीव्र बनाइएको छ ।

सोही क्रममा सुरेश कोहारलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

प्रहरीले फरार रहेका अन्य कैदी तथा प्रतिवादीको खोजी कार्य निरन्तर जारी रहने पनि जानकारी दिएको छ ।

सम्बन्धित् समाचार