गृहपृष्ठ Featured पूर्वराजा शाहद्वारा कालीमन्दिरको दर्शन

पूर्वराजा शाहद्वारा कालीमन्दिरको दर्शन

विराटनगर- पूर्वराजा ज्ञानेन्द्र शाहले विराटनगरस्थित कालीमन्दिरको दर्शन गरेका छन्।

पछिल्लो समय झापामा बस्दै आएका शाहले शनिबार बिहान करिब ८ बजे विराटनगरको मेन रोडस्थित कालिथान कालीमन्दिरको दर्शन गरी सुटुक्क फर्किएका हुन्।

मन्दिर व्यवस्थापन समितिले उनलाई स्वागत गर्दै देवी दर्शन गराएको थियो। सामान्य रूपमा मन्दिर पुगेका शाहको सवारीमा विशेष कडाइ गरिएको थिएन। सो क्रममा ट्राफिक प्रहरी, नेपाल प्रहरी तथा उनका सीमित सुरक्षाकर्मी मात्र उपस्थित थिए।

शाह एक्लै मन्दिर पुगेका थिए र उनले मन्दिर परिसरमा करिब २० मिनेट समय बिताएको बताइएको छ। कालिथान कालीमन्दिरमा उनी दोस्रोपटक दर्शनका लागि आएका हुन्। यसअघि उनले कालिथानसँगै विराटनगरस्थित रामजानकी मन्दिरलगायत अन्य धार्मिक स्थलमा पनि दर्शन गरेका थिए।

मन्दिर दर्शनपछि शाह इटहरी हुँदै झापा प्रस्थान गरेका छन्।

सम्बन्धित् समाचार