गृहपृष्ठ Featured सुनको मूल्य घट्यो : चाँदीको पाँच हजार नजिक

सुनको मूल्य घट्यो : चाँदीको पाँच हजार नजिक

काठमाडौं ।

नेपाली बजारमा बुधबार (पुस २३) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन तोलामा ४०० रुपैयाँ घटेको हो ।

यससँगै छापावाल सुन प्रतितोला दुई लाख ६७ हजार ७०० रुपैयाँ कायम भएको छ ।

मंगलबार तोलाको दुई लाख ६८ हजार १०० कायम थियो ।

चाँदीको मूल्य भने तोलामा ५५ रुपैयाँ बढेको छ ।

महासंघका अनुसार एक तोला चाँदीको मूल्य ४९ सय ३५ रुपैयाँ पुगेको हो । मंगलबार चाँदी प्रतितोला ४८ सय ८० थियो ।

सम्बन्धित् समाचार