गृहपृष्ठ खबर एमाले त्यागेका बृजेशकुमार गुप्ता जसपा नेपाल प्रवेश गर्दै

एमाले त्यागेका बृजेशकुमार गुप्ता जसपा नेपाल प्रवेश गर्दै

काठमाडौं । एमाले परित्याग गरेका पूर्वकेन्द्रीय सदस्य तथा कपिलवस्तुबाट चारपटक संघीय सांसद निर्वाचित बृजेशकुमार गुप्ता जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गर्दैछन् ।

जसपास्रोतका अनुसार उक्त पार्टीसँग गुप्ताको संवाद अन्तिम चरणमा पुगेको छ । औपचारिक रुपमा पार्टी प्रवेशको कार्यक्रम तय गरिँदै रहेको स्रोतले जनाएको छ ।

भदौ २३ र २४ को जेन–जी आन्दोलनमा सरकारको दमन, सुशासनप्रति नेतृत्वको उदासीनता र भ्रष्टाचार संरक्षणको आरोप लगाउँदै गुप्ताले एमाले परित्याग गरेका थिए ।

पूर्वसंघीय मन्त्रीसमेत रहेका गुप्ताले पार्टी नेतृत्वमा सुधारको सम्भावना नदेखेपछि नयाँ राजनीतिक यात्राको विकल्प खोजेको उनको भनाइ छ । उनले मगंलबार एमाले परित्याग गरेका हुन् ।

सम्बन्धित् समाचार