गृहपृष्ठ Featured गगनको गुनासोः विश्वप्रकाश र मेराविरुद्ध घेराबन्दी भयो

गगनको गुनासोः विश्वप्रकाश र मेराविरुद्ध घेराबन्दी भयो

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र आफू र विश्वप्रकाश शर्माविरुद्ध घेराबन्दी भएको बताएका छन्।

बुधवार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले महामन्त्रीहरूका विरुद्ध पार्टीमा घेराबन्दी भएको बताएका हुन्। उनले नेपाली कांग्रेसले पछिल्लो समय प्रक्रिया, विधान निल्दै गएको आरोप लगाए।

उनले संख्याको दम्भले नेताहरूले आफूहरूमाथि प्रहार गरिरहेको र सबै मिल्ने काम भएको बताए। उनले पार्टी कार्यालयको घेराबन्दी सानो भएको र आम कार्यकर्ताको घेराबन्दी ठूलो भएकाले आम नागरिकले त्यसको छिनोफानो गर्ने जिकिर गरे।

महामन्त्री थापाले संख्याको आधारमादम्भ राखेर महामन्त्रीहरूलाई घेराबन्दी गरिएको बताए।

सम्बन्धित् समाचार