गृहपृष्ठ Featured सुर्खेतबाट बुटवल जाँदै गरेको कार लमहीमा दुर्घटना : दुई जना घाइते

सुर्खेतबाट बुटवल जाँदै गरेको कार लमहीमा दुर्घटना : दुई जना घाइते

दाङ- सुर्खेतबाट बुटवल जाँदै गरेको कार लमहीमा दुर्घटना भएको छ ।

प्रदेश ३ ६१४३ नम्बरको कार अनियन्त्रित भएर लमही बजार नजिक रहेको एक खोलामा खसेको छ ।

वीरेन्द्र नगर नगरपालिका- ४ का ३८ वर्षीय सुरज थापा र सोही ठाउँ निवासी ४३ वर्षीय कार चालक गगन बहादुर थापा दुर्घटनामा घाइते भएको वडा प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरूको अहिले लमही अस्पतालमा उपचार भैरहेको छ ।

सम्बन्धित् समाचार