गृहपृष्ठ Featured रियल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश

रियल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश

प्रतिद्वान्द्वी एट्लेटिको मड्रिडविरुद्ध २–१ को रोमाञ्चक जित निकाल्दै रियल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार साउदी अरेबियाको किंग अब्दुल्लाह स्पोर्ट्स सिटीमा रियललाई जित दिलाउन फेडेरिको भाल्भर्डे र रोड्रिगोले एक–एक गोल गरे । एट्लेटिकोका लागि अलेक्सजेन्डर सोर्लेथले एक गोल फर्काए ।

खेलको दोस्रो मिनेटमै भाल्भर्डेको गोलमार्फत रियलले अग्रता लिएको थियो । ५५औँ मिनेटमा रोड्रिगोले टोलीको अग्रता दोब्बर बनाए । यसपटक भाल्भर्डेले गोलको अवसर सिर्जना गरेका थिए ।

सोर्लेथले ५८औँ मिनेटमा एट्लेटिकोका लागि गोल फर्काए । उनले  जिउलियानो सिमियोनको पासलाई पोस्टको दिशा दिएका थिए ।

रियलले उपाधिका लागि साबिक विजेता बार्सिलोनाको सामना गर्नेछ । बार्सिलोनाले एथ्लेटिक्स क्लब बिल्बाओलाई ५–० ले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

सम्बन्धित् समाचार