गृहपृष्ठ Featured पीएसजीलाई ट्रफी डेस च्याम्पियन्सको उपाधि

पीएसजीलाई ट्रफी डेस च्याम्पियन्सको उपाधि

मार्सेलाई पेनाल्टी सुटआउटमा ४–१ ले परारजित गर्दै पेरिस सेन्ट जर्मेन (पीएसजी)ले ट्रफी डेस च्याम्पियन्सको उपाधि जितेको छ ।

बिहीबार कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय मैदानमा सम्पन्न खेलको निर्धारित समयमा दुवै टोलीबाट २–२ गोल भएपछि विजेता टुंगो पेनाल्टीबाट लगाइएको हो ।

पेनाल्टीमा पीएसजीका लागि गोन्सालो रामोस, भिटिन्हा, नुनो मेन्डिस र डेसिरे डुएले गोल गरे । मार्सेका लागि माइकल अमिर मुरिलोले एक मात्र गोल गर्नसके । म्याट ओ’ रिले र हामेद ट्राओरे भने चुके ।

त्यसअघि पीएसजीका लागि ओस्माने डेम्बेले र गोन्सालो रामोसले एक–एक गोल गरेका थिए । मार्सेका लागि मेसन ग्रीनउडले एक गोल गर्दा एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भएको थियो ।

सम्बन्धित् समाचार