गृहपृष्ठ Featured शिक्षा मन्त्री भन्छन्– विदेश घुमेर अर्थतन्त्र बन्छ ?

शिक्षा मन्त्री भन्छन्– विदेश घुमेर अर्थतन्त्र बन्छ ?

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले निमन्त्रणा आएपनि आफू विदेश भ्रमणमा नगएको बताएका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा विदेश भ्रमणका लागि आएको निमन्त्रण सार्वजनिक गर्दै मन्त्री पुनले यस्तो बताएका हुन् ।

उनले भने,’लौ जा, म मन्त्री भए पछि पहिला पनि निमन्त्रणा आएको तीन वटा विदेश भ्रमणमा गइनँ । अहिले पनि दुई वटा निमन्त्रणा आएछ । यसमा पनि जान्नँ।’

देशको अर्थतन्त्र नसुधारेसम्म जोसुकै प्रधानमन्त्री र अर्थमन्त्री आए पनि केही प्रगति नहुने उनको भनाइ छ ।

केही गर्न पैसा आवश्यक पर्नेमा जोड दिँदै उनले भने, ‘विदेश घुमेर अर्थतन्त्र बन्छ ?’

पछिल्लो पटक खेलकुद मन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमण विवादमा परेको छ । यससँगै मन्त्री गुप्ताले भ्रमण नै स्थगित गरेका छन् ।

Capture

सम्बन्धित् समाचार