दाङ – लुम्बिनी प्रदेशको राजधानी क्षेत्र राप्ती उपत्यका देउखुरीमा ‘सातौं राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सवको सुरु भएको छ।
उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानले महोत्सवको उद्घाटन गरे।
प्रदेशको समृद्धि उद्योग, पर्यटनको क्षेत्रमा गर्न सकिने बताउदै स्थानीय अर्थतन्त्रलाई मेला महोत्सवको माध्यमबाट बलियो बनाउन सकिने धारणा राखेका छन्। स्थानीय उत्पादनको बजारीकरणकालागि महोत्व गतिलो माध्यम भइरहेको बताउदै यसलाई अवसरको रुपमा सदुपयोग गर्न आह्वान गरे।
राप्ती उद्योग वाणिज्य संघ भालुवाङको आयोजनामा सुरु भएको महोत्सवको माध्यमबाट देउखुरी भित्र रहेका अपार सम्भावना बोकेका र अवसरको खोजीमा रहेका पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धधनमा थप टेवा पुग्ने, कला संस्कृतिको संरक्षण सँगै स्थानीय स्तरमा उत्पादीत वस्तुहरुको बजारीकरण गर्नुको साथै उत्पादनमा बृद्धि गरी आर्थिक पक्ष सवल गराउने विश्वास लिइएको बाणिज्य संघका अध्यक्ष सुरज खड्काले जानकारी दिए।
महोत्सवमा विभिन्न १ सय ५० वटा स्टलहरु रहेका छन्। जसमा करिव २० वटा कृषि तथा उद्यम विकासका स्टल राखिएको छ। महोत्सव अवधीभर करीब १ लाख २० हजार बढी दर्शकले महोत्सवको अवलोकन गर्ने र १ करोड बढीको कारोवार हुने अनुमान रहेको छ।







