उज्यालो नेपाल पार्टीका अध्यक्ष बनेका कुलमान घिसिङले अब आफ्नो नेतृत्वमा पार्टीलाई देशव्यापी बनाउने बताएका छन्।
शनिबार उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकपछि आयोजित पत्रकार सम्मेलनमा घिसिङले भने, ‘मैले आज उज्यालो नेपाल पार्टीको सदस्यता लिएको छु। आजै उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठकले मलाई अध्यक्षमा चयन गरेको छ।’
‘अब यो उज्यालो नेपाल पार्टीलाई मेरो नेतृत्वमा देशव्यापीरुपमा प्रभावकारीरुपमा अगाडि बढाउने छु,’ उनले थपे।








