काठमाडौं ।
एफए कपको तेस्रो चरणमा म्यानचेस्टर सिटीले गोलको वर्षा गरेको छ । तेस्रो चरणअन्तर्गत शनिबार भएको खेलमा सिटीले इङ्ल्यान्डको लिग वान टिम एक्सटर सिटीविरुद्ध १०–१ को सानदार जित निकालेको हो ।
यसअघि सिटीको जितमा रिको लेविसले दुई गोल गर्दा म्याक्स एलेन, रोड्री, तिजानी रेइजेन्डर्स, निको ओरेली र रायन म्याकआइडूले समान एक गोल गरेका थिए ।
सिटीले यही खेलबाट एन्टोनी सेमेन्योलाई डेब्यु गराएको छ । उनले ५४औँ मिनेटमा एक गोल पनि गरे । २६ वर्षीय घानाका खेलाडी यसअघि बर्नामाउथमा थिए ।
पहिलो हाफमा ४–० को अग्रता बनाएको सिटीले दोस्रो हाफमा ६ गोल थपेको हो ।
शनिबार राति नै भएको अर्को खेलमा चेल्सीले पनि सानदार जित निकाल्यो । चेल्सीले चार्लटन एथ्लेटिकलाई ५–१ ले हराएको हो ।







