काठमाडौँ ।
जसपा नेपाल र लोसपा नेपालबीच पार्टी एकीकरणका लागि १२ बुँदे सम्झौतामा हस्ताक्षर भएको छ।
एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल (जसपा) हुने भएको छ। चुनाव चिन्ह छाता राख्ने सहमति भएको छ।
एकीकृत पार्टीमा ४३ सदस्यीय समन्वयन समिति रहने भएको छ। जसमा महन्थ ठाकुर संरक्षक र उपेन्द्र यादव अध्यक्ष हुने भएका छन्।











