जेनजी आन्दोलनपछि राज्य संरचना प्रायः शून्यताजस्तो अवस्थामा पुगेको बेला घिसिङले प्रधानमन्त्री कार्कीको आग्रहमा चुनौती स्वीकार गर्दै जिम्मेवारी सम्हालेको उनको भनाइ छ ।
‘आफ्नो अडान प्रष्ट राखेरै काम गरेको थिएँ र राजनीतिक प्रश्न उठेपछि पदबाट राजीनामा दिएको कुरा सर्वविदित छ,’ घिसिङले लेखेका छन्, ‘म पद लोलुप होइन, राज्यले दिएको जिम्मेवारी पूरा गर्ने व्यक्ति हुँ ।’
उनले आफूविरुद्ध नियोजित रूपमा बदनाम गराउने मनसायले भ्रमपूर्ण प्रचार र टिका–टिप्पणी भइरहेको भन्दै प्रभावित नहुन आग्रह पनि गरेका छन् । ‘उज्यालो नेपाल निर्माणका लागि म आफ्नो जीवन राजनीतिमा समर्पित गर्दै निरन्तर क्रियाशील रहनेछु,’ घिसिङले भनेका छन् ।