गृहपृष्ठ Featured बालेन चढेको गाडीबारे भूपदेव: गरिबसँग गाडी लिइँदैन, व्यापारीसँगै लिने हो

बालेन चढेको गाडीबारे भूपदेव: गरिबसँग गाडी लिइँदैन, व्यापारीसँगै लिने हो

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता भूपदेव शाहले बालेन्द्र शाह बालेन चढेको गाडी भाडाको भएको बताएका छन् । ज्वागलमा पत्रकारसँग कुरा गर्दै शाहले उक्त गाडी कुनै पनि व्यापारीको नभएको जिकिर गरे ।

‘उम्मेदवारको लजिस्टिक व्यवस्थापनको टोली हुन्छ । त्यो टोलीले स्वाभाविक रूपमा विभिन्न ठाउँमा जाँदा भाडामा लिन्छ । सोहीअनुसार भएको हुनुपर्छ,’ शाहले भने, ‘भोली हामी सुदूरपश्चिम जाँदै छौँ । त्यहाँ पनि भाडामै लिने हो ।’

उनले पूर्व गएको गाडी व्यापारीबाट लिने सम्भावना नै नभएको जिकिर गर्दै भने, ‘यदि रहेछ भने म तपाईंहरूसँग फेस गर्न तयार छु ।’

उनले गाडी भाडामा लिँदा गरिबसँग नभई व्यापारीसँगै लिने भएको हुँदा व्यापारिक पृष्ठभूमिको बारेमा भने आफूले थप बुझ्नुपर्ने धारणा राखे ।

सम्बन्धित् समाचार