गृहपृष्ठ अन्तरास्ट्रिय खबर अमेरिकामा हिमआँधी: १७ जनाको मृत्यु

अमेरिकामा हिमआँधी: १७ जनाको मृत्यु

अमेरिकामा भीषण हिमपात र आँधीका कारण अहिलेसम्म १७ जनाको मृत्यु भएको छ।

अमेरिकाका धेरैवटा राज्यमा आँधीसँगै हिउँ पर्दा जनजीवन तहसनहस भएको छ।

अमेरिकामा हिमपात

 

यद्यपि अधिकारीहरूले् केही घटनामा मृत्युको कारण पत्ता नलागेको बताएका छन्।

बीबीसीका अनुसार हिमपात र चिसोका कारण अमेरिकाका धेरैवटा राज्यले आपत्‌कालीन अवस्था घोषणा गरेका छन्। देशका धेरै भागमा हिमपातसँगै वर्षा पनि भएको छ।

 

अमेरिकामा हिमपात

 

हिमआँधीले सबैभन्दा बढी असर न्युयोर्कमा गरेको छ।

त्यहाँ ३७९ उडान रद्द गरिएका छन्, लाखौँ घर बिजुलीविहीन भएका छन् र विद्यालयहरू बन्द गरिएका छन्।

सम्बन्धित् समाचार