वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तु क्षेत्र नं. १ का स्वतन्त्र उम्मेदवार आशिष शर्मा यतिबेला मतदाता घरदैलो अभियानमा सक्रिय देखिएका छन्। चुनावी माहोल तात्दै जाँदा उनी टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन्।
घरदैलो अभियानका क्रममा युवापंक्तिको उल्लेखनीय र स्वतःस्फूर्त सहभागिता देखिन थालेको छ। कुनै औपचारिक संगठन वा दबाब बिना युवाहरू स्वयं अघि सरेर शर्माको प्रचार–प्रसारमा जुट्नुले चुनावी वातावरणमा नयाँ ऊर्जा थपिएको स्थानीयको भनाइ छ।

युवाहरूले आशिष शर्मालाई परिवर्तनको प्रतीकका रूपमा हेरेका छन्। स्वतन्त्र उम्मेदवारका रूपमा उनको उम्मेदवारीले परम्परागत राजनीतिक शैलीलाई चुनौती दिएको उनीहरूको बुझाइ छ। शिक्षा, रोजगारी, सुशासन तथा स्थानीय विकासका विषयमा शर्माले राख्दै आएका धारणा युवामाझ लोकप्रिय बन्दै गइरहेको देखिन्छ।
युवाको साथ र जनस्तरबाट बढ्दो समर्थनसँगै आशिष शर्माको चुनावी अभियान कपिलवस्तु क्षेत्र नं. १ मा चासोको विषय बनेको छ।
यसैक्रममा आइतबार शर्माले मायादेवी गाउँपालिका वडा नं. ४ का विभिन्न गाउँमा पुगेर मतदातासँग भेटघाट गर्दै जनताको आवाजलाई विकास र निर्णयको केन्द्रमा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

त्यस्तै, सोमबार बाणगंगा नगरपालिका वडा नं. ११ को भडसडवाबाट बिहान घरदैलो कार्यक्रम सुरु हुने जनाइएको छ। कार्यक्रम भडसडवापछि मौवारी टोल, वनकटवा, भुषाल टोल, घरबुदिया र चेतिया हुँदै भड्डिहवामा पुग्नेछ।
त्यसपछि पदमपुरबाट वरवा हुँदै चितलपुर, उत्तर चेतिया, हथौसा, देउवापार, मैनहरी, मैरी र मर्थी हुँदै ओदारी पुगेर जनताका सुझाव र आवाजलाई साझा एजेन्डामा समेट्दै कार्यक्रम समापन गरिने शर्माको सचिवालयले जनाएको छ।







