वैखरी अनलाइन, बाणगंगा ।
नेपाली कांग्रेस बाणगंगा नगर कार्यसमितिले आसन्न निर्वाचनका लागी मुल समिति गठन गरेको छ ।
बिपि स्मृति भवन गजेहडामा आइतबार भएको भेलाबाट नेपाली कांग्रेस बाणगंगा नगर कार्य समितिका सभापति बिष्णु थापाको संयोजक्तवमा ७५१ सदस्य मुल समिति गठन गरिएको हो ।
सो अवसरमा बोल्दै नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नम्बर १ का उम्मेदवार अत्तहर कमाल मुसलमानले देशलाई निकास दिन र गगन थापालाई प्रधानमन्त्री बनाउन कांग्रेस एक भएर चुनावी मैदानमा उभिन आवश्यक रहेको बताए ।
सो अवसरमा कांग्रेस जिताउन र चुनावी अभियानलाई प्रभावकारी बनाउनका लागी बिभिन्न उपसमिति समेत गठन गरिएको छ ।

उम्मेदवार भेटघाट बिशेष उपसमितिमा मंगल प्रसाद थारु, अनुगमन तथा मुल्याकंनमा दुर्गा सेन, यातायात परिचालनमा मधु अर्याल, ट्रेड युनियन कांग्रेस परिचालमा हरि कुवँर, कार्यालय ब्यवस्थापनमा नगर सचिव सुर्य प्रसाद बराल, घोषणा पत्र तथा प्रतिबद्धता तयारी उपसमितिमा युवराज केसि, चुनाव प्रचार प्रसार ब्यवस्थापन उपसमितिमा नगर सचिव गोबिन्द आचार्य, आर्थिक ब्यवस्थापनमा राम जि सेन, तरुण दल परिचालन उपसमितिमा शुसिल सिंह ठकुरी, नेपाल बिद्यार्थी सघं परिचालनमा निल कमल थारु, महिला परिचालन उपसमितिमा अञ्जु अधिकारी, मुस्लिम सघं परिचालन शेराज खा , मिडिया परिचालनमा अशोक पौडेललाई जिम्मेवारी दिइएको छ ।
भेलाले नगरका सबै वडामा सम्र्पक कार्यालय स्थापना गरी प्रचार प्रसारलाई तिव्रता दिने निर्णय समेत गरेको नेपाल बिद्यार्थी सघंका जिल्ला सभापति चन्द्रकान्त पोखरेलले जानकारी दिए ।








