गृहपृष्ठ Featured उत्तरी जापानमा अत्यधिक हिमपातका कारण ३५ जनाको ज्यान गयो

उत्तरी जापानमा अत्यधिक हिमपातका कारण ३५ जनाको ज्यान गयो

उत्तरी जापानमा पछिल्ला दुई हप्तादेखि परेको अत्यधिक हिमपातका कारण ३५ जनाको ज्यान गएको छ । सडक र रेल सेवा अवरुद्ध भएका छन् । कतिपय ठाउँमा हिउँको उचाइ २ मिटरसम्म पुगेको समाचार संस्था एपीले जनाएको छ ।

आर्कटिकबाट आएको चिसो हावाको प्रभावका कारण असामान्य रूपमा धेरै हिमपात भएको अधिकारीहरूले बताएका छन् । सबैभन्दा बढी क्षति निआगाता र आओमोरी प्रिफेक्चरमा देखिएको छ । धेरैजसो मानिसको ज्यान घरको छतबाट हिउँ हटाउने क्रममा लडेर गएको खबरमा उल्लेख छ ।

आपतकालीन सेवाहरू प्रभावित क्षेत्रसम्म पुग्न नसक्दा स्वास्थ्यकर्मीहरू पैदलै स्ट्रेचर बोकेर उद्धारमा खटिनु परेको छ । हजारौँ घरमा विद्युत् आपूर्ति अवरुद्ध छ । बुलेट रेल सेवासहित अधिकांश रेल सेवा बन्द छन् र विद्यालयहरू पनि बन्द गरिएका छन् ।

सरकारले तापक्रम बढेसँगै हिउँ पग्लिँदा पहिरो र चिप्लो सतहका कारण थप जोखिम बढ्न सक्ने चेतावनी दिएको छ । आउँदो हप्तामा अझै ठूलो हिमपातको पूर्वानुमान गरिएको छ ।

सम्बन्धित् समाचार