गृहपृष्ठ Featured फागुनको पहिलो हप्तादेखि रवि–बालेन देश दौडाहामा निस्कने

फागुनको पहिलो हप्तादेखि रवि–बालेन देश दौडाहामा निस्कने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र प्रधानमन्त्रीका उम्मेदवार तय गरिएका वरिष्ठ नेता बालेन शाह फागुनको पहिलो हप्तादेखि देश दौडामा निस्कने भएका छन्।

केही समयअघि कोशी प्रदेशका तराईसहित पहाडी जिल्ला पुगेका बालने सुदूरपश्चिम, कर्णालीका केही भाग घुमेर पुनः झापा पुगेका थिए। त्यहाँ आफ्नो निर्वाचन क्षेत्र (झापा–५) का मतदाता भेटेर कोशी प्रदेशकै पहाडी जिल्ला उदयपुर, खोटाङ पुगेका बालेन अहिले त्यतै छन्। पार्टीका उम्मेदवार, निर्वाचन परिचालन समितिका पदाधिकारी, सदस्य तथा मतदातासँगसमेत भेटघाटमा सक्रिय छन्। उनी केही दिन यसैगरी व्यस्त रहनेछन्।

फागुनको पहिलो हप्ताबाट भने सभापति र वरिष्ठ नेता संयुक्त रूपमा निस्कने तयारी भएको रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन्। उनका अनुसार कम्तीमा सात प्रदेशमा ठूला सभा गर्ने गरी अहिले तयारी भइरहेको छ। उपसभापति डिपी अर्यालले त्यसको संयोजन गरिरहेका छन्। स्थान भने तय भइनसकेको उनले बताइन्।

सम्बन्धित् समाचार