गृहपृष्ठ Featured बिहारका सांसद मध्यराति घरबाटै गिरफ्तार

बिहारका सांसद मध्यराति घरबाटै गिरफ्तार

भारतीय राज्य बिहारका सांसद पप्पु यादवलाई शुक्रबार राति प्रहरीले निवासबाटै पक्राउ गरेको छ।

बीबीसीका अनुसार पूर्णियाबाट स्वतन्त्र रूपमा निर्वाचित सांसद यादवलाई १९९५ को एक मुद्दाका सम्बन्धमा पटना प्रहरीले शुक्रबार राति उनको मन्दिरी निवासबाट गिरफ्तार गरेको हो।

पटनाका एसपी सिटी भानु प्रताप सिंहले भने, ‘यो सन् १९९५ को मुद्दा हो। भारतीय दण्ड संहिताको धारा ४१९ (झुटो पहिचान देखाएर ठगी), ४२० (ठगी र बेइमानीपूर्वक सम्पत्ति हस्तान्तरण गर्न प्रेरित गर्ने), ४६८ (ठगीको उद्देश्यले जाली कागजात बनाउने), ४४८ (घरमा घुसपैठ), ५०६ (आपराधिक धम्की) र १२०बी (आपराधिक षड्यन्त्र) अन्तर्गत पक्राउ गरिएको छ।’

उनका अनुसार यो गरदानीबाग प्रहरी चौकीमा जाहेरीपछि अदालतमा मुद्दा चलिरहेको छ। जसमा सांसद यादव उपस्थित हुन आवश्यक थियो, तर उनी निर्धारित मितिमा उपस्थित भएनन्। त्यसैले उनलाई पक्राउ गरिएको हो।

सम्बन्धित् समाचार