गृहपृष्ठ खबर रामेछापको लिलौटीबाट बस तामाकोशी नदीमा खस्यो : ४ जनाको शव भेटियो

रामेछापको लिलौटीबाट बस तामाकोशी नदीमा खस्यो : ४ जनाको शव भेटियो

तस्वीर : सामाजिक सञ्जाल

काठमाण्डौ – काठमाण्डौबाट ओखलढुङ्गाका लागि छुटेको बस तामाकोशी नदीमा खसेको छ । रामेछापको मन्थली नगरपालिका–६ लिलौटीबाट बस तामाकोशी नदीमा खसेको हो ।

डुबेको बसमा रहेकामध्ये अहिलेसम्म चार जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजनप्रसाद तिम्सिनाले बताउनुभयो । अरनिको यातायातको प्रदेश ३ ०१–००५–९९७५ नम्बरको बस दुर्घटना भएको हो ।

बसमा १३ जना रहेकोमा उद्धार गरिएकामध्ये ६ जना घाइतेलाई थप उपचारका लागि खुर्कोट र मन्थलीमा पठाइएको छ । बस नदीमा डुबेको र उद्धार कार्य भइरहेकाले थप विवरण आउन बाँकी छ ।

सम्बन्धित् समाचार