गृहपृष्ठ Featured विश्वव्यापी कर बढाएर १५ प्रतिशत पुर्‍याउने ट्रम्पको घोषणा

विश्वव्यापी कर बढाएर १५ प्रतिशत पुर्‍याउने ट्रम्पको घोषणा

फाइल तस्वीर, एजेन्सी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वव्यापी कर १० प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्‍याउने घोषणा गर्नुभएको छ । यसअघि सर्वोच्च अदालतको शुल्कसम्बन्धी फैसलापछि ट्रम्पले १० प्रतिशत भन्सार शुल्क लगाउनुभएको थियो ।

आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसियल’ मा उहाँले हिजो सर्वाेच्च अदालतले करसम्बन्धी निर्णयको विरोध गर्दै विश्वव्यापी कर बढाएको बताउनुभएको छ । धेरै देशहरूले वर्षाैँदेखि अमेरिकालाई हानि पुर्याइरहेको ट्रम्पले दाबी गर्नुभएको छ ।

आउँदो महिनाहरूमा आफ्नो प्रशासनले कानूनी रूपमा नयाँ शुल्कहरू निर्धारण गर्ने र यसले अमेरिकालाई फेरि महान् बनाउने आफूहरूको अभियानलाई अझ सफल बनाउने उहाँले जिकिर गर्नुभएको छ ।

ह्वाइट हाउसले गएको वर्ष घोषणा गरेका धेरैजसो कर शुक्रवार अमेरिकी सर्वाेच्च अदालतले खारेज गरेको हो । आफ्नो फैसलामा अदालतले ट्रम्पले आफ्नो शक्ति नाघेको र राष्ट्रिय आपत्कालीन ऐन लागू गरेको बताएको छ ।

सम्बन्धित् समाचार