गृहपृष्ठ Featured चौधरीले भने- ‘विकासको आधार तयार, अब निरन्तरताका लागि मेरो जित आवश्यक छ’

चौधरीले भने- ‘विकासको आधार तयार, अब निरन्तरताका लागि मेरो जित आवश्यक छ’

कपिलवस्तु ।

प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा कपिलवस्तु क्षेत्र नं. १ मा चुनावी गतिविधि तीव्र बन्दै गएको छ। यसैबीच विश्रामप्रसाद चौधरी ले आफूले सुरु गरेका विकासका योजनालाई निरन्तरता दिन आफ्नो जित आवश्यक रहेको बताएका छन्।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार चौधरीले घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमका क्रममा बोल्दै कपिलवस्तु–१ मा पछिल्लो समय पूर्वाधार विकासका थुप्रै काम सुरु भएको उल्लेख गरे। “यस क्षेत्रमा सडक, पुल, सिंचाइ तथा अन्य पूर्वाधारका धेरै योजना अघि बढेका छन्। विकासको आधार तयार भइसकेको छ, अब त्यसलाई निरन्तरता दिन मेरो जित आवश्यक छ,” उनले भने।

उनले विगतका वर्षमा विभिन्न स्थानमा सडक सञ्जाल विस्तार, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार तथा कृषिलाई सहयोग पुग्ने कार्यक्रमहरू अघि बढाइएको दाबी गरे। आगामी दिनमा अधुरा रहेका योजनाहरू पूरा गर्ने र नयाँ विकास परियोजना ल्याउने आफ्नो योजना रहेको उनले बताए।

चौधरीले युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने, कृषिलाई आधुनिक बनाउने र स्थानीय स्तरमा आर्थिक गतिविधि बढाउने लक्ष्य रहेको उल्लेख गरे। साथै, जनताको विश्वास र समर्थनले आफू पुनः विजयी हुनेमा विश्वस्त रहेको उनको भनाइ छ।

घरदैलो अभियानका क्रममा स्थानीय बासिन्दासँग भेटघाट गर्दै उनले विकासको निरन्तरताका लागि समर्थन दिन मतदातासँग आग्रह गरेका छन्।

सम्बन्धित् समाचार