गृहपृष्ठ Featured लिभरपुल उल्भरह्याम्पटनसँग पराजित

लिभरपुल उल्भरह्याम्पटनसँग पराजित

अन्तिम समयमा सम्हालिन नसक्दा लिभरपुलले इंग्लिस प्रिमियर लिगमा मंगलबार रेलिगेसन क्षेत्रको उल्भरह्याम्पटनसँग २–१ को हार ब्यहोरेको छ ।

मोलिन्युक्स रगंगशालामा घरेलु टोली उल्भरह्याम्पटनलाई जित दिलाउन रोड्रिगो गोमेज र आन्द्रेले १–१ गोल गरे । लिभरपुलका लागि मोहम्मद सलाहले १ गोल फर्काए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७८औँ मिनेटमा गोमेजको गोलमार्फत उल्भरह्याम्पटनले अग्रता लिएको थियो । ५ मिनेटपछि नै सलाहले लिभरपुललाई बराबरीमा ल्याए ।

इन्जुरी समयमा आन्द्रेले गोल गर्दै उल्भरह्याम्पटनलाई रोमाञ्चक जित दिलाए ।

जितसँगै ३० खेलमा १६ अंक जोडेको उल्भरह्याम्पटन पुछारमा छ । पराजित लिभरपुल २९ खेलबाट ४८ अंकका साथ पाँचौँ स्थानमा छ ।

मंगलबारै सम्पन्न अन्तिम खेलमा एभरटनले बर्नेलीलाई २–० र सन्डरल्यान्डले लिड्स युनाइटेडलाई १–० ले पराजित गरे । यसैगरी, बर्नमाउथ र ब्रेन्टफोर्ड गोलरहित बराबरीमा रोकिए ।

सम्बन्धित् समाचार