गृहपृष्ठ Featured नवलपरासीका २२ कांग्रेस नेतालाई कारबाही सिफारिस

नवलपरासीका २२ कांग्रेस नेतालाई कारबाही सिफारिस

नवलपरासी — नेपाली कांग्रेस पश्चिम नवलपरासी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवं केन्द्रीय सदस्य विनोद चौधरीलाई निर्वाचनमा पराजय गराउन भूमिका खेलेको आरोपमा  केन्द्र र जिल्ला तहका २२ जना नेतालाई कारबाही सिफारिस गरिएको छ ।

कांग्रेसका निर्वतमान केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल, लुम्बिनी प्रदेशका वनमन्त्री देवकरणप्रसाद जयसवाल, नेता गुणनिधि तिवारी लगायत २२ जना नेतालाई पाँच वर्षसम्म कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न केन्द्रमा सिफारिस गरिएको हो ।

बिहीबार उम्मेदवार विनोद चौधरी र नवलपरासी क्षेत्र २ का उम्मेदवार भिमबहादुर थापालाई पराजित गराउन भूमिका खेलेको आरोप लगाउँदै जिल्ला अनुशासन समितिले कारबाहीका लागि केन्द्रमा सिफारिस गरेको हो ।

कांग्रेस जिल्ला कार्यसमितिको लेटर प्याडमा बिहीबार लेखेर केन्द्रमा पठाएको पत्रमा जिल्ला अनुशासन समितिका संयोजक आनन्द ढकालले हस्ताक्षर गरेका छन् । उनले लेखेको पत्र सोझै केन्द्रीय सभापति गगन थापालाई पठाइएको छ ।

कारबाही सिफारिस गरिएका पश्चिम नवलपरासीका केन्द्र र जिल्ला तहका कांग्रेस नेता हुन् ।

सम्बन्धित् समाचार