वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिका–२ स्थित नवजागृति सामुदायिक वन उपभोक्ता समूहको सातौं अधिवेशनबाट पदमलाल अधिकारी सर्वसम्मत रूपमा अध्यक्ष चयन हुनुभएको छ।

अधिवेशनबाट उपाध्यक्षमा बेलमाया पुन, सचिवमा नरमाया पुन, सहसचिवमा शिव पाण्डे तथा कोषाध्यक्षमा लिलबहादुर राना चयन हुनुभएको छ। यसैगरी सदस्यहरूमा सीता थापा, रमकान्त पौडेल, कृष्णबहादुर थापा, जमुना राना, बिन्दु शर्मा र उमा पुन निर्वाचित हुनुभएको छ।
यस्तै, लेखा समितिको संयोजकमा विष्णुप्रसाद ज्ञवाली तथा सदस्यहरूमा लीला घिमिरे र दुर्गाबहादुर तरामु चयन हुनुभएको निर्वाचन मण्डलका संयोजक हरिप्रसाद अधिकारीले जानकारी दिनुभएको छ।

नवनिर्वाचित अध्यक्ष पदमलाल अधिकारीले सामुदायिक वनको संरक्षण, व्यवस्थापन र दिगो उपयोगमा सबै उपभोक्ताको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो। उहाँले वनको पारदर्शी र प्रभावकारी व्यवस्थापन गर्दै स्थानीय समुदायको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।







