कपिलवस्तु, ११ चैत ।
कपिलवस्तुको शुद्धोधन गाउँपालिका- ६, बरहामा आज एक युवा र एक किशोरी मृत फेला परेका छन्। स्थानीय खेतमा रहेको आँपको रुखमा दुवै जना झुण्डिएको अवस्थामा फेला परेका हुन्।
घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली पुगेर घटनास्थल सुरक्षित गरी अनुसन्धान सुरु गरेको छ। मृतकहरूको पहिचान र घटनाको विस्तृत विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
पोष्टमार्टम र थप अनुसन्धानपछि मात्र घटनाको वास्तविक कारण बाहिर आउने बताइएको छ।







