गृहपृष्ठ खबर स्व.पार्वती बरालको छैठौं स्मृति तथा जन्मदिनमा बालगृहलाई १० हजार सहयोग

स्व.पार्वती बरालको छैठौं स्मृति तथा जन्मदिनमा बालगृहलाई १० हजार सहयोग

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका–७ निवासी बराल परिवारले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै बालगृहमा आश्रित बालबालिकाका लागि आर्थिक सहयोग प्रदान गरेको छ।

स्वर्गीय पार्वती बरालको छैटौं स्मृति तथा जन्मदिनको अवसर पारेर परिवारले कपिलवस्तु बालगृहमा रहेका बालबालिकाको पालनपोषण तथा व्यवस्थापनका लागि नगद १० हजार रुपैयाँ सहयोग गरेको हो।

उक्त रकम नेपाल बाल संगठन कपिलवस्तुको बैंक खातामा जम्मा गरिएको जनाइएको छ। सहयोगप्रति नेपाल बाल संगठन कपिलवस्तुले बराल परिवारप्रति हार्दिक आभार व्यक्त गरेको छ।

उक्त सहयोगमा हाल जापानमा बसोबास गर्दै आएकी छोरी सुस्मिता बराल र ज्वाइँ मनिष खनालको विशेष योगदान रहेको छ भने स्वर्गीय बरालकी सानी छोरी समिक्षा बराल हाल उच्च शिक्षाका लागि बङ्गलादेशमा अध्ययनरत रहेकी छन्। सहयोग रकम भने स्वर्गीय पार्वती बरालका श्रीमान सूर्य प्रसाद बरालले हस्तान्तरण गर्नुभएको थियो।

संगठनका केन्द्रीय सदस्य तथा जिल्ला सभापति गोपालमणि ज्ञवालीले धन्यवाद ज्ञापन गर्दै स्वर्गीय पार्वती बरालको आत्माको चिरशान्तिको कामना गर्नुभएको छ।

यस प्रकारका मानवीय सहयोगले बालगृहमा आश्रित बालबालिकाको जीवनस्तर सुधारमा महत्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ।

सम्बन्धित् समाचार