काठमाण्डाै – चितवनमा ट्रकको पछाडि स्कुटर ठोक्किँदा दुई जनाको ज्यान गएको छ । भरतपुरबाट रामपुरतर्फ जाँदै गरेको ट्रकको पछाडि समान दिशामा गुडिरहेको स्कुटर ठोक्किएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
भरतपुर महानगरपालिका–१५ मा भएको दुर्घटनामा स्कुटर चालक भरतपुर–२६ का २२ वर्षीय अशोक भण्डारी र स्कुटरमा सवार भरतपुर–२० बस्ने लमजुङ घर भएका १९ वर्षीय राजीव गुरुङकाे ज्यान गएकाे हाे ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको भरतपुर अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।








