फाइल तस्वीर
काठमाण्डाै – बितेका २४ घण्टामा काठमाण्डाै उपत्यकामा २ हजार ४३८ जना गाडी चालक ट्राफिक नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । कारबाहीबाट २० लाख ७९ हजार रुपैयाँ जरिवानासङ्कलन भएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार जाँड–रक्सी आएर गाडी चलाउने ८५, नियमविपरीत ‘राइड शेयरिङ’ गर्ने १३०, सङ्केत बत्ती उल्लङ्घन गर्ने १२३, तीव्रगतिमा गाडी चलाउने १६० जनालाई कारबाही गरिएको हो ।
यसैगरी ‘लेन’ अनुशासन पालना नगर्ने १२२, निषेधित क्षेत्रमा हर्न बजाउने ८८, लागूपदार्थ पदार्थ खाएर गाडी चलाउने ३, निर्धारित मापदण्डभन्दा धेरै धूँवा फाल्ने गाडीका २७ र अन्य नियम पालना नगर्ने १ हजार ७०० जना कारबाहीमा परेका हुन् ।








