कपिलवस्तुको तौलिहवामा ३ यातायात ब्यवसायी प्रालि बिच आपसमा बिवाद भए पछि तौलिहवा– भैरहवा सडकमा चल्ने सवारी साधन नियमित नुहदा यात्रुहरु मर्कामा परेका छन ।
चार दिन अघि देखि पश्चिम नेपाल बस ब्यवसायी समितिले तौलिहवा देखि काठमाण्डौकालागि बिहान साढे ८ बजे देखि दैनिक ईभि चलाउने निर्णय गरे पछि तीन यातायात ब्यवसायी बिच बिवाद बढेको हो ।
प्राचिन कपिलवस्तु यातायात प्रालिले सो ईभिका कारण आफुहरु मर्कामा पर्ने भन्दै ईभि चल्न रोक लगाएका छन । सोही कारणले पश्चिम नेपाल, सिद्धार्थ यातायाता र प्राचिन कपिलवस्तु यातायात प्रालिका बसहरु तौलिहवा–भैरहवा रुटमा अनियमित बनेका छन । ब्यवसायी रन्जित बर्माले तौलेश्वरनाथको नामले दैनिक तौलिहवा– काठमाण्डौकालागि बिहानी सेवाकारुपमा ईभि संचालनमा ल्याएका छन ।
सो रुटमा र्इृभि चलाउने दिन देखि नै ब्यवासायी बिच बिवाद बढेको हो ।
सो बिवाद पछि प्राचिन कपिलवस्तु यातायात प्रालिले तौलिहवा बस पार्कमा पश्चिम र सिद्धार्थ यातायातको बस चल्न दिएको छैनन भने पश्चिम यातायात र सिद्धार्थ यातायातले भैरहवामा प्राचिन कपिलवस्तु यातायात बस चलाउन रोक लागएका छन । जसले गर्दा बसहरु सो रुटमा अनियमित बनेको छ । उनीहरूको आपसी विवादले यात्रु मर्कामा परेका हुन ।
पहिला एक घण्टा २५ मिनेट गाडी हिडथ्यो तर अहिले आधी घण्टादेखि ४० मिनेटमा मात्रै हिँड्ने गरेको यात्रुहरुको गुनासो छ । १ घण्टा २५ मिनेट पुग्ने सयम सीमा ताोकिएकोमा अहिले भने ३ घन्टा बढीे सयम लाग्ने गरेको यात्रुहरुको गुनासो छ । बस ब्यवासयीहरुको बिवादले आफुहरुले अनाहकमा दुःख पाउनु परेको सो क्षेत्रको यात्रीहरुको गुनासो छ । प्रजिअ जर्नादन गौतमले बिवाद समाधान गर्न प्रहरीलाई निर्देशन दिएको बताए ।








