गृहपृष्ठ खबर सुनका गहना सफा गरिदिने बहानामा ठगी गर्ने दुई भारतीय पक्राउ

सुनका गहना सफा गरिदिने बहानामा ठगी गर्ने दुई भारतीय पक्राउ

उदयपुरगढी गाउँपालिकाबाट सुनको गहना सफा गरिदिने भन्दै ठगी गर्ने दुई भारतीय नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारत बिहारका गोविन्द साह र सचिन साह रहेका छन्।

उनीहरूले ग्रामीण महिलाका सुनको गहना सफा गरिदिने भन्दै लुटपाट गरेको तथा स्थानीय पेसलकुमारी मगर र मनमाया तामाङको घरमा गहना सफा गर्ने बहानामा सुन चोरी गरेकाले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

घटना लगत्तै पीडित महिलाले प्रहरी चौकी उदयपुरगढीमा खबर गरेपछि उदयपुरगढीबाट अभियुक्तलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

सम्बन्धित् समाचार