गृहपृष्ठ Featured रोल्पाको फलवाङमा पहिरोले घर पुर्दा तीन जनाको ज्यान गयो

रोल्पाको फलवाङमा पहिरोले घर पुर्दा तीन जनाको ज्यान गयो

काठमाण्डौ – रोल्पाको फलवाङमा घर माथिबाट झरेको पहिरोले घर पुर्दा एक दम्पतीसहित तीन जनाको ज्यान गएको छ ।

सुनछहरी गाउँपालिका–२ फलवाङका ७७ वर्षीय वीरबहादुर घर्तीमगर, उहाँकी श्रीमती ६८ वर्षीया शनी घर्तीमगर र उहाँहरूको घरमा सुत्न आएकी छिमेकी ७० वर्षीया लली घर्ती मगरको ज्यान गएको हो । गएराति घरमाथिबाट पहिरो झरेको थियो ।

आज बिहान मात्रै तीन जनाको शव भेटिएको प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले बताउनुभएको छ । त्यस्तै सुनछहरी–२ गिट्ठेमा स्थानीय लादे बुढा मगरको घर पनि पहिरोले क्षति गरेको छ ।

पहिरोमा बेपत्ता लादे बुढा मगरको खोजी भइरहेको प्रहरीले जनाएको छ । यसअघि बुधबार बेलुका रोल्पाको थवाङ–५ कोटलबारामा पहिरोमा परि १० जनाको ज्यान गएको थियो ।

सम्बन्धित् समाचार