गृहपृष्ठ खबर स्टाटस लेखेर, हस्ताक्षर अभियान चलाएर अध्यक्ष हटाउने प्रयास गर्नु अराजक शैली : ओली

स्टाटस लेखेर, हस्ताक्षर अभियान चलाएर अध्यक्ष हटाउने प्रयास गर्नु अराजक शैली : ओली

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनका नाममा अनुशासन विपरीतका गतिविधि र नेतृत्व परिवर्तनको प्रयास सह्य नहुने चेतावनी दिनुभएको छ ।

झापामा आयोजित ’मिसन पार्टी जागरण अभियान’ को उद्घाटन गर्दै अध्यक्ष ओलीले सामाजिक सञ्जालमा स्टाटस लेखेर वा हस्ताक्षर अभियान चलाएर अध्यक्ष हटाउने प्रयास गर्नु अराजक शैली भएको बताउनुभएको हो ।

ओलीले एमाले अहिले पुनर्गठन नभई ’पुनर्जागरण’ को चरणमा रहेको दाबी गर्नुभयो । पार्टीबाट पर्याप्त अवसर पाएका नेताहरू नै नेतृत्वविरुद्ध उभिएका उहाँको आरोप छ ।

अवसर नपाएका कार्यकर्ता प्रतिबद्ध रहे पनि पटक–पटक अवसर पाएकाहरू थप स्वार्थका लागि असन्तुष्ट बनेको दाबी गर्दै ओलीले पार्टीभित्रका हावा कुराका पछि नलागी प्रतिगमनविरुद्धको आन्दोलन र आउँदाे पालिका चुनावमा जुट्न कार्यकर्ता पङ्क्तिलाई आह्वान गर्नुभयो ।

पार्टीको अध्यक्ष हटाउने विषय पार्टीको विधि र प्रक्रियाबाट मात्रै सम्भव हुने उहाँको भनाइ छ ।

यस्तै इलामको फिक्कलमा आयोजित कार्यक्रममा ओलीले पार्टीमा उठेका असन्तुष्टिलाई केही हुल्याहाको हुलदङ्गाको संज्ञा दिँदै उनीहरूमाथि कारबाही हुने चेतावनी दिनुभयाे ।

सम्बन्धित् समाचार